सगरमाथा संवादमा किन आउँदैनन् मोदी ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन् ।
शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् ।
ओलीले हिजो (शुक्रबार) मात्रै मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिएका थिए ।उक्त भेटमा आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी मोदीले गराएको उनले बताए ।
‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त कार्यक्रम सेट भइसकेकाले उहाँ यहाँ आउन सक्नुहुन्न । तर, भारतको राम्रैस्तरको उपस्थिति हुन्छ ।’
उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताएका छन् ।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले...