ताजा समाचार

शिक्षक महासंघको वर्ता टोलीको नेतृत्वमा नानुमाया पराजुली

काठमाडौं । काठमाडौंमा आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली बनाएको हो ।

आज शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाए पनि वार्त टोली नबनेको कारणले वार्ता हुन सकेको थिएन । त्यस्तै सरकारसँगको वार्ता भोली बिहीबारका लागि तय भए पनि समय भने निश्चित भएको छैन् ।

सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाईसकेको भएपनि वार्ता हुन सकेको छैन् । अहिलेको अवस्थामा संसद्‍को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेशमध्ये एउटा विकल्पबाट ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ महासंघले सरकारलाई पठाएको थियो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org