आईपीएलमा कोलकातासँग चेन्नई आठ विकेटले पराजित
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई आठ विकेटले पराजित गरेको छ । चेन्नईले दिएको १०४ रनको लक्ष्य पछ्याएको कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनायो । कोलकाताको जीतमा सुनील नारायणले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डि ककले २३ रन जोडे ।
चेन्नईका नूर अहमद र अन्सुल कामबोजले समान एक विकेट लिए । त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।
चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए । विजय शंकरले २९ रन जोडे । कोलकाताका सुनील नारायणले तीन विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले एकरएक विकेट लिए ।
जीतसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अङ्क पुर्याएको छ । चेन्नईको भने यो लगातार पाँचौं हार हो । चेन्नई दुई अङ्कका साथ नवौं स्थानमा छ । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स तथा सनराइजर्स हैदराबाद र पन्जाब किङ्स खेल्दैछन् ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












