दोलखाको उत्तरीभेगका नोर्बु शेर्पा नेविसंघ केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं । दोलखाको उत्तरीभेगमा स्थायी बसोबास भएका नोर्बु शेर्पा नेविसंघ केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम उहाँ केन्द्रीय सदस्यमा मनोनित हुनु भएको हो ।
नेविसंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले मनोनयन पत्रमा विधि-विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउनेमा आफू विश्वस्त भएको उल्लेख गर्नु भएको छ । नोर्बुको मनोनयनले संघलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष शेर्पाले कार्यसफलताको कामना व्यक्त गर्नु भएको छ ।
नोर्बुले विद्यार्थीको हकहितका लागि अहिलेसम्म बुलन्द आवाज उठाउँदै आउनु भएको छ । केन्द्रीय सदस्य पदमा मनोनयनले आफूमा थप उर्जा प्राप्त भएको उहाँले न्यूज नेपाललाई प्रतिक्रिया दिनुभयो ।
शिक्षा क्षेत्रभित्र देखिएको विकृति-विसंगतिका विरुद्ध खरो रुपमा उत्रिने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । केन्द्रीय सदस्यमा मनोनयन भएसँगै नयाँ वर्षको शुभकाना दिँदै उहाँले विद्यार्थीहरुको हकहितका लागि आफूले अघि सारेका योजनाहरुमा साथ दिन सबैमा आग्रह गर्नु भएको छ । उहाँ काठमाडौंको एक कलेजमा कानुन विषय लिएर स्नातक तह अध्ययनरत विद्यार्थी हुनुहुन्छ । दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ६ मा नोर्बुको स्थायी बसोबास छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












