दोलखाको उत्तरीभेगका नोर्बु शेर्पा नेविसंघ केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं । दोलखाको उत्तरीभेगमा स्थायी बसोबास भएका नोर्बु शेर्पा नेविसंघ केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम उहाँ केन्द्रीय सदस्यमा मनोनित हुनु भएको हो ।
नेविसंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले मनोनयन पत्रमा विधि-विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउनेमा आफू विश्वस्त भएको उल्लेख गर्नु भएको छ । नोर्बुको मनोनयनले संघलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष शेर्पाले कार्यसफलताको कामना व्यक्त गर्नु भएको छ ।
नोर्बुले विद्यार्थीको हकहितका लागि अहिलेसम्म बुलन्द आवाज उठाउँदै आउनु भएको छ । केन्द्रीय सदस्य पदमा मनोनयनले आफूमा थप उर्जा प्राप्त भएको उहाँले न्यूज नेपाललाई प्रतिक्रिया दिनुभयो ।
शिक्षा क्षेत्रभित्र देखिएको विकृति-विसंगतिका विरुद्ध खरो रुपमा उत्रिने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । केन्द्रीय सदस्यमा मनोनयन भएसँगै नयाँ वर्षको शुभकाना दिँदै उहाँले विद्यार्थीहरुको हकहितका लागि आफूले अघि सारेका योजनाहरुमा साथ दिन सबैमा आग्रह गर्नु भएको छ । उहाँ काठमाडौंको एक कलेजमा कानुन विषय लिएर स्नातक तह अध्ययनरत विद्यार्थी हुनुहुन्छ । दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ६ मा नोर्बुको स्थायी बसोबास छ ।

Comments
अरु समाचार
-
सरकार र शिक्षकबीचको वार्ता सहमतिमा पुग्न तयारी पुगेन
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
शिक्षक महासंघ र सरकार बिच आजै वार्ता, आकस्मिक आन्तरिक छलफलमा महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बस्ने मन्त्रीपरिषदको बैठकमा २६ दिनदेखि शिक्षा ऐनको माग...
-
आफ्नै बोली भारि पर्यो थापालाई, सर्वोच्चमा अवहेलना मुद्धा दायर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर उनि विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ...
-
नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना पर्यटकहरुको मृत्यु हुने गरेर भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा...
-
ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...