वेपत्ता आयोग अध्यक्षमा गोपालकृष्ण घिमिरेको चर्चा
काठमाडाैं । वेपत्ता आयोगको अध्यक्षमा नेपाल बारको नेतृत्वबाट बिदा हुन लागेका गोपालकृषण घिमिरेले जिम्मेवारी लिने गरि आन्तरिक तयारी तीब्र पारिएको छ ।
बार निर्वाचनमा कांग्रेस एमाले गठबन्धनलाई निर्वाचित गराउनका लागि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार समेत रहेका पूर्वकानूनमन्त्री अग्नि खरेलले बन्द कोठामै वेपत्ता आयोगको अध्यक्ष बनाउने गरि तालमेल मिलाएको चर्चा छ।
घिमिरेले सर्वोच्चको नेतृत्वमाथि गम्भीर आरोप लगाउँदा अदालतको मानहानी मुद्दा खेपिरहेका छन् । बारको अध्यक्ष हुँदाहुँदै मुद्दा खेपेपनि बार निर्वाचनको परिणाम उल्टिने खतराका कारण अग्नि खरेलले अनेक सक्रियता देखाएको बताइन्छ ।
वेपत्ता आयोगको अध्यक्षमा घिमिरेलाई अघि सार्ने आन्तरिक सहमतिदेखि अन्य वकिलहरुलाई समेत विभिन्न नियुक्तिका अफरहरु गरिएको बताइन्छ। यद्यपी यो निर्णय कार्यान्यन होला ? शंका भने कायमै छ ।
‘चर्चा चलेको छ । विभिन्न कोणबाट नेतृत्व लिने गरि प्रस्ताव आएको छ । यो प्रस्तावलाई मैले सकारात्मक रुपमा नै लिएको छु । बाँकी समयक्रमअनुसार होला’, न्यूज नेपालसँग घिमिरेले भने ।
नेपाल बारमा विजयप्रसाद मिश्र नेतृत्वको कांग्रेस एमाले गठबन्धन निर्वाचित भइसकेको छ । पद हस्तान्त्रण कार्यक्रम भने बैशाख ६ गतेका लागि तय भएको छ ।
Comments
अरु समाचार
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...
-
भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख भन्दा बढीकाे फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
काठमाडौं । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात...












