वेपत्ता आयोग अध्यक्षमा गोपालकृष्ण घिमिरेको चर्चा
काठमाडाैं । वेपत्ता आयोगको अध्यक्षमा नेपाल बारको नेतृत्वबाट बिदा हुन लागेका गोपालकृषण घिमिरेले जिम्मेवारी लिने गरि आन्तरिक तयारी तीब्र पारिएको छ ।
बार निर्वाचनमा कांग्रेस एमाले गठबन्धनलाई निर्वाचित गराउनका लागि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार समेत रहेका पूर्वकानूनमन्त्री अग्नि खरेलले बन्द कोठामै वेपत्ता आयोगको अध्यक्ष बनाउने गरि तालमेल मिलाएको चर्चा छ।
घिमिरेले सर्वोच्चको नेतृत्वमाथि गम्भीर आरोप लगाउँदा अदालतको मानहानी मुद्दा खेपिरहेका छन् । बारको अध्यक्ष हुँदाहुँदै मुद्दा खेपेपनि बार निर्वाचनको परिणाम उल्टिने खतराका कारण अग्नि खरेलले अनेक सक्रियता देखाएको बताइन्छ ।
वेपत्ता आयोगको अध्यक्षमा घिमिरेलाई अघि सार्ने आन्तरिक सहमतिदेखि अन्य वकिलहरुलाई समेत विभिन्न नियुक्तिका अफरहरु गरिएको बताइन्छ। यद्यपी यो निर्णय कार्यान्यन होला ? शंका भने कायमै छ ।
‘चर्चा चलेको छ । विभिन्न कोणबाट नेतृत्व लिने गरि प्रस्ताव आएको छ । यो प्रस्तावलाई मैले सकारात्मक रुपमा नै लिएको छु । बाँकी समयक्रमअनुसार होला’, न्यूज नेपालसँग घिमिरेले भने ।
नेपाल बारमा विजयप्रसाद मिश्र नेतृत्वको कांग्रेस एमाले गठबन्धन निर्वाचित भइसकेको छ । पद हस्तान्त्रण कार्यक्रम भने बैशाख ६ गतेका लागि तय भएको छ ।
Comments
अरु समाचार
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












