ताजा समाचार

यू-१९ विश्वकप एसिया छनोट: आज नेपाल र हङकङबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । काठमाडौंको मूलपानीमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा हालसम्म आफुले खेलेका दुवै खेल जितेर ४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको नेपालले, पहिलो खेलमा यूएईमाथि डिएल पद्दति अनुसार जित निकालेको थियो भने, दोस्रो खेलमा ओमानलाई हराएको थियो ।

जारी प्रतियोगितामा समान खेलमा समान जित निकालेर अफगानिस्थान ४ अंक बटुल्दै रनरेटका आधारमा पहिलो स्थानमा रहेको छ । आज उसले युएई सँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आफ्नो अन्तीम खेल आगामी शनिबार मुलपानीमा अफगानिस्थानसँग खेल्ने तालिका रहेको छ ।

जारी प्रतियोगितामा शतप्रतिसत जित निकाल्दै नेपाल विश्वकप छनोट हुने तयारीका साथ मैदानमा उत्रिने छ । आज हुने खेल तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९‌ बजेदेखि खेल सुरु हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org