बार्सिलोनाले यो सिजनको उपाधि नजिक
काठमाडौं । स्पेनिस लिग लिडर बार्सिलोनाले रोमाञ्चक पुनरागमन गर्दै आफूलाई यो सिजनको उपाधि नजिक पुर्याएको छ । शनिवार राती सेल्टाभिगोसँगको खेलमा ३–१ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्साले ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।
खेलको पहिलो अग्रता भने १२ औँ मिनेटमा टोरेसको गोल मार्फत बार्सिलोनाले गरेको थियो । तर त्यसयता बोर्जा इग्लेसियासले सेल्टाभिगोको लागि आफ्नो ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई निराश बनाएका थिए ।
तर ६४ औँ मिनेटमा ओल्मो र ६८ औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्साले निर्धारित ९० मिनेटमा बराबरी गर्न सफल भयो । ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै राफिन्हाले गोल गरेपछि बार्सिलोनाले महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल बन्दै यो सिजनको उपाधिमा बलियो दाबेदारी प्रस्तुत गर्न सफल भएको छ ।
३२ खेलबाट बार्सिलोना ७३ अङ्क सहित पहिलो स्थानमा यथावत् छ । रियल मड्रीडको ३१ खेलबाट ६६ अङ्क पुगेको छ । पराजित सेल्टा भिगो ४३ अङ्क सहित आठौँ स्थानमा छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












