ताजा समाचार

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

अघिल्लो दिन अर्थत आईताबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य सोमबार तोलामा १२ सय रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org