ताजा समाचार

विश्वस्तरीय खेलाडीको भ्रमणले खेलक्षेत्रलाई ऊर्जा थप्छः प्रधानमन्त्री ओली

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग २०२५ को अवसरमा नेपाल भ्रमणमा आएका लेजेण्ड ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटवार्ता गरेका छन् ।

आज बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई ढाका टोपी लगाएर सम्मान व्यक्त गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले कार्लोसको खेलजीवनसँग सम्बन्धित विभिन्न विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली फुटबलको विकासमा सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले विश्वस्तरीय खेलाडीको भ्रमणले नेपाली खेलक्षेत्रलाई ऊर्जा थप्ने बताएका थिए ।

उनले आजै बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल हेर्नेछन् । फाइनल प्रवेशका लागि आज साँझ ६ बजे हुने दोस्रो क्वालिफायरमा धनगढी र पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

ब्राजिलियन फुटबलका उत्कृष्ट खेलाडीमध्येका एक मानिने कार्लोसले सन् १९९७ मा फ्रान्सविरुद्ध प्रहार गरेको सशक्त फ्रिकिकलाई सर्वकालीन उत्कृष्ट फ्रिकिकमध्येको एक मानिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org