आजको राशिफलः २०८२ वैशाख १३ गते शनिबार
मेषःसमस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
वृष दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। चिताएको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्।
मिथुन शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कर्कट सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नु। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ।
सिंह सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ।
कन्या आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले थप उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्।
तुला प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
वृश्चिक पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनु । समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
धनु अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमा र साथीभाइको माध्यमबाट केही काम बनाउन सकिनेछ। चिताएको काम बिग्रनाले परिस्थिति अलि प्रतिकूल रहनेछ। पेसा–व्यवसायमा सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ।
मकर शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
कुम्भ व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला।
मीन भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि केही काम गर्न सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु। समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्।
Comments
अरु समाचार
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद मनाइँदै, आज सार्वजनिक बिदा
काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात्...
-
इरान शीघ्र सम्झौतामा नआए पुनः सैन्य आक्रमण गरिनेछ: ट्रम्प
वाशिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् । द्वन्द्व अन्त्यका लागि सम्झौता...












