अण्डाको मूल्य बढ्यो
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
गत वर्ष प्रतिक्रेट (३० गोटा) को ५ सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर ३ सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर ४ सय ५० पुगेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४ सय ३०, मध्यमको ३ सय ८० र ‘एक्सएल’को ४ सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य ३ सय ५० मा झरेको थियो । संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए ।
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार १४०, ठूलो अण्डा ३ हजार र मझौलाको २ हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी ३ हजार छ सय ७५ सम्म पुगेको थियो ।
सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उनले भने, ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।’ उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।
संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ’, उनले भने, ‘अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।’ नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।
Comments
अरु समाचार
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । समूह...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङ भिड्दै
काठमाडौं । थाइल्याण्डमा जारि आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल हङकङसँग भिड्दैछ । छनोटको समूह ‘सि’मा रहेको नेपाल...
-
एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल...
-
भारत पाकिस्तान तनाव : आईपीएल रोक्ने बीसीसीआईको निर्णय
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले...
-
टी–20 विश्वकप छनोट: नेपाल र हंकङबीचको खेल रद्द
काठमाडौं । आईसीसी महिला टी–20 विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हंकङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा...
-
आईपीएलमा युद्धको प्रभाव: दिल्ली र पन्जाबको खेल रद्द
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्ग्सबीचको खेल रद्द भएको छ । गएराति धर्मशालामा भइरहेको...
-
टी–२० विश्वकप छनोट: नेपालले पहिलो खेल हङकङसँग खल्दै
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खल्दै छ । भोलि अर्थात मे ९ बाट २०...
-
रोहित शर्माद्धारा टेष्ट क्रिकेटबाट सन्यास घोषणा
काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।शर्माले सामाजिक सञ्जालमार्फत टेष्ट क्रीकेटबाट सन्यास...