ताजा समाचार

राजावादीको होहल्ला र रणनीति असफल भइसक्योः प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको बताएका छन् ।

एक कार्यक्रममा बोल्दै अध्यक्ष, प्रचण्डले‘राजावादीहरुको अब करिब करिब उनिहरुले भन्ने गरेको–गर्ने गरेको होहल्ला, रणनीति पूर्णत असफल भईसकेको छ । अहिले त हामिले भन्नु पर्दैन, अरुले भन्न थालिसकेका छन् अब असफल भयो ।’ उनले राजावादी असफल हुनु भनेको नेपाली जनता सफल भएको समेत जिकिर गरे ।

त्यस्तै, उनले आगामी दिनमा पनि यस्ता विभिन्न वितण्डा मच्चिन सक्ने बताउँदै, जनतालाई सचेत गर्ने र प्रतिगामी तत्वहरुलाई खबरदारी गर्ने जिम्मेवारी गणतन्त्रवादीहरुको रहेको जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org