ताजा समाचार

रवीन्द्र मिश्रमाथि दुर्व्यवहार भयोः मनिष झा

काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै झाले राप्रपाका उपाध्यक्ष समेत रहेका नेता रवीन्द्र मिश्रको विचार र व्यवहार प्रति आफ्नो सहमति नभए पनि उनि माथि राज्यले दुर्व्यवहार गरेको आरोप लगाएका हुन् । त्यस्तै उनले त्यस्तो दुर्व्यहारलाई सच्याउन माग समेत गरेका छन् ।

उनले वर्तमान सरकारले नयाँ राजनीतिक दल प्रति प्रतिसोधपूर्ण व्यवहार गरेको समेत बताएका छन् । प्रधानमन्त्रीले पटक पटक दिदैँ आएको अभिव्यक्तिले यसलाई पुष्टी गर्ने भन्दै यसको बचाउमा नलाग्न मन्त्री महामन्त्री नलाग्न सुझाव दिएका छन् ।

त्यस्तै, सुसनशनको हवला दिने वर्तमान सरकारले १० महिनासम्म सम्पति विवरण किन नबुझाएको भन्दै प्रश्न समेत गरेका छन् ।

मिश्रलाई गत चैत १५ गते काठमाडौंका तीनकुनेमा भएको राजावादी प्रर्दशनलाई हिंसात्मक बनाउँन भूमिका खेलको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । सो आन्दोलनमा दुई जनाको ज्यान जानुका साथै दर्जनौ घाईते र कराडौंको क्षति भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org