ताजा समाचार

प्रधानमन्त्रीको राजिनमा माग

काठमाडौं । नेकपा माओवादीका केन्द्रका सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न हतारिएका छन् ।

आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीलाई नैतिक रूपमा कुर्सीमा बस्ने अधिकार नभएको बताउँदै राजिनामा माग गरेका हुन् ।

उनले, देशमा शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडितहरू सडक आन्दोलनमा रहँदा पनि सरकार रमिते बनिरहेको टिप्पणी समेत गरेका छन् । सरकारले आफ्ना असक्षमताहरू लुकाउन सबै कुराहरू प्रतिपक्षीमाथि दोष थुपारेर नहुने उनको भनाई छ । त्यसैले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको भन्दै राजिनामा मागेका हुन् ।

नेपाली कांग्रेस सहितको लगभग दुईतिहाइ बहुमतबाट बनेको वर्तमान सरकार बन्नेसँगै सत्ताबाट आउट भएको मोओवादीका अध्यक्ष सहितका नेताहरुले वर्तमान गठबन्धन अप्राकृतिक भएको भन्दै चर्को विरोध गर्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org