७८३ केजी गाँजा सहित ट्रक र २ जना व्यक्ति पक्राउ
काठमाडौं । सुनसरीबाट सशस्त्र प्रहरी बलले ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।
धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो । सो ट्रक खानतलासीको क्रममा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद व्यवस्थापन बेस धनकुटाले ४२१ किलो गाँजा सहित कार नियन्त्रणमा लिएको थियो ।
Comments
अरु समाचार
-
वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही...
-
विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले...
-
बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेलाई प्रशासकीय अधिकृत गुरगाँईले सोधे स्पष्टीकरण !
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पाण्डेलाई ७...
-
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !
काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएपछि...
-
ओली र देउवाको वार्ता लगत्तै गर्भनर सिफारिस समितिको बैठक आह्वान !
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार दिउँसो ४ बजे बस्ने गरी पौडेलले बैठक बोलाइएका...
-
मन्त्रिपरिषद बैठक बस्दै !
काठमाडौं । बालुवाटारमा मंगलबार आज साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिगषद् बैठक बोलाइएको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री...
-
हरियो धनियाँमा भेटियो ९९ प्रतिशत बढी विषादी !
काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा लगभग शतप्रतिशत मात्रामा विषादी भेटिएको छ । काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी...
-
ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता !
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले...