ताजा समाचार

प्लेअफ होडबाट बाहिरियो चेन्नई, राजस्थानको अग्नी परिक्षा

काठमाडौं । भारतमा जारि आईपीएल क्रिकेट २०२५ को प्लेअफ होडबाट चेन्नई सुपर किंङ बाहिरिएको छ ।

बुधबार पञ्जाब किङ्ससँग ४ विकेटको हार बेहोरेसँगै चेन्नई ४ खेलअगावै प्लेअफ होडबाट बाहिरिएको हो ।

जारि सिजनमा खराब प्रर्दशन गरिरहेको चेन्नाई गए राति भएको खेलमा चार विकेटको हार बेहोरेसँगै प्लेअफ सम्भावना गुमाएको हो ।

हालसम्म १० वटा खेल खेलिसकेको चेन्नाईृले दुईवटा मात्रै जित निकाल्न सफल भएको छ भने बाँकि सबै खेलमा हार व्यहोरेको छ ।

आईपीएलमा आज बलिया प्रतिस्पर्धीहरु मुम्बई इन्डीयन्स र राजस्थान रोयल्स बिच प्रतिस्पर्धा हुँदैछ ।

१० खेलमा ६ जित सहित १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको मुम्बाई र समान १० खेलमा तीन जित निकाल्न सफल राजस्थान रोयल्स तालिकाको आठौं स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org