आजको राशिफल: २०८२ वैशाख १९ गते शुक्रबार
मेष व्यवसायमा मनग्य धनलाभ हुनेछ भने पहिलेकाे लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ। मिहिनेतको प्रतिफल प्राप्त हुने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलाे हुनेछ।
वृष विचारले धेरैलाई प्रभावित पार्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ।
मिथुन नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
कर्कट अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले अलि पछि परिनेछ। पछिल्लाे समयका लागि केही वस्तु त्याग्नुपर्ला।
सिंह आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। तर आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ।
कन्या आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो व्यवसायबाट विशेष फाइदा लिन सकिनेछ। विशेष भेटघाटले थप उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ।
तुला मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ।
वृश्चिक प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले यात्रा अलि कष्टपूर्ण हुनेछ। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।
धनु छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
मकर पहिलेको समस्याले केही उल्झन निम्त्याउन सक्छ। खर्झ बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा अघि नसर्नुहाेला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
कुम्भ व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
मीन पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।
Comments
अरु समाचार
-
फेसबुकमा अपलोड गरिएको भिडियोले ल्यायो १८ वर्षदेखि हराएको छोराको खबर
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको...
-
वैशाख कृष्ण औँसी : मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख...
-
एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन
काठमाडौं । आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको...
-
पश्चिमी र स्थानीय वायुले केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा...
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : हल्का वर्षा र हिमपातकाे सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै, देशभर जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौँ । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै...
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...












