ताजा समाचार

नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज दिउसो ११ः३० बजे रहेको छ ।

गत वैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि ऊर्जा राज्यमन्त्री पद रिक्त थियो ।

गर्बुजा, नेपाली काङ्ग्रेसकाबाट उम्मेदवार बन्दै प्रतिनिधि सभा निर्वाच, २०७९ मा म्याग्दी १ बाट निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org