प्रतिकूल मौसमले उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको हो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तरराष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)को विमान डाइभर्ट भएको उनले जानकारी दिए ।
रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाडौं विमानस्थलसहित काठमाडौं बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौं–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए।
काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाडौं आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।
Comments
अरु समाचार
-
वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही...
-
विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले...
-
बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेलाई प्रशासकीय अधिकृत गुरगाँईले सोधे स्पष्टीकरण !
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पाण्डेलाई ७...
-
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !
काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएपछि...
-
ओली र देउवाको वार्ता लगत्तै गर्भनर सिफारिस समितिको बैठक आह्वान !
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार दिउँसो ४ बजे बस्ने गरी पौडेलले बैठक बोलाइएका...
-
मन्त्रिपरिषद बैठक बस्दै !
काठमाडौं । बालुवाटारमा मंगलबार आज साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिगषद् बैठक बोलाइएको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री...
-
हरियो धनियाँमा भेटियो ९९ प्रतिशत बढी विषादी !
काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा लगभग शतप्रतिशत मात्रामा विषादी भेटिएको छ । काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी...
-
ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता !
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले...