श्रीमतीको हत्या गर्न पैसा दिएको व्यक्ति आफै मारिए पछि !
काठमाडौं । धादिङमा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका व्यक्तिकै हत्या भएको छ । जिल्लाको गजुरी गाउँपालिका–२ डुडेठाँटीमा ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएको घटना सार्वजनिक भएको छ ।
प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा मृत फेला परेका कँडेलको हत्या भएको खुलेको हो । उनको हत्यमा संलग्न भएको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङका अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङले कँडेलको श्रीमती सुस्मिता सिलवालको हत्याका लागि रकम लिएको स्वीकारेको धादिङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको प्रहरीको दाबी छ । चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । जग्गा बिक्री गरेर उनले आफ्नै जग्गामा खेती गरिरहेका प्रजालाई त्यो रकम दिएको प्रहरीको भनाइ छ ।
रकम पाएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरेको छ । हत्या गर्न प्रयोग गरिएको डोरी र कोदालो पनि बरामद भएको छ ।
कडेँलको हत्या, उनकी श्रीमतीको हत्या गर्न नसकेपछि आफूले दिएको ४ लाख रुपैयाँ छिटो फिर्ता गर्न दबाव दिएपछि भएको प्रहरीले खुलासा गरेको छ । त्यस्तै, प्रहरीले तीनैजना अभियुक्तहरूलाई आइतबार(बैशाख–२१) गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । आरोपित अक्कलबहादुरलाई यही वैशाख ३ गते ठुटेपानीबाटै पक्राउ गरिएको थियो भने पृथलाल र सञ्चलाललाई मकवानपुरको मनहरी गाउँपालिका–७ बाट १६ गते दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङमा उपस्थित गराइएको थियो ।
प्रहरीले उनीहरूको साथबाट १ लाख रुपैयाँ बरामद गरिएको छ भने मृतकको पैसाबाट किनिएको कपडा, जुत्ताहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत धादिङबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी हमालले जानकारी दिए ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...












