ताजा समाचार

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति रहेको छ।

भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपलामा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने बुझिएको छ ।

यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org