ताजा समाचार

रोहित शर्माद्धारा टेष्ट क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।शर्माले सामाजिक सञ्जालमार्फत टेष्ट क्रीकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् ।

उक्त खेलमा उनले १२ शतक र १८ अर्धशतकसहित ४३०१ रन बनाएका हुन् । टेष्टमा रोहितले सन् २०१३ मा वेष्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । उनले टी–२०आई क्रीकेटबाट भने यसअघि सन्यास लिइसकेका छन् । ओडिआई क्रीकेटमा भने निरन्तरता दिने रोहितले बताएका छन् ।

३८ वर्षीय रोहितले गत वर्ष वेस्ट इन्डिजमा टी-२० विश्वकप जितेपछि सो फर्म्याटबाट सन्यास लिएका थिए । रोहितले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन ।

सन्यास अघि उनी बहुदिवसीय क्रिकेटमा भारतको कप्तान थिए । सेतो जर्सीमा देशको प्रतिनिधित्व गर्नु गर्वको कुरा भएको रोहितले बताएका छन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org