पुटिनले घोषणा गरेको तीन दिने युद्धविराम आजदेखि लागु
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ ।
युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिता जनाउन मस्कोमा रहेका छन् ।
युक्रेनको सेनाले बिहीबार बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ । किएभले कुनै पनि क्षति वा हताहतिको जानकारी दिएको छैन ।
रूसी नेता पुटिनले जर्म नाजीविरूद्ध मस्कोको विजय दिवस परेडको अवसर पारेर एकतर्फी रुपमा अस्थायी युद्धविराम गर्न आदेश दिएका हुन् । यद्यपि, युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन । युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै यो युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमाथि गरेको तीन वर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास गरे पनि दुई देशबीचको शत्रुता कम गर्न असफल देखिएका समय एकतर्फी रूपमा भएको युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा अथ्र्याइएको छ ।
पुटिनको आदेश लागू हुनुभन्दा केही घण्टाअघि मस्को र किएभले हवाई आक्रमण गरेका छन् जसका कारण रुसी एक विमानस्थलमा सेवा अवरूद्ध भएको छ भने युक्रेनमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।
रुसको पश्चिमी क्षेत्रमा रहेको निज्नी नोभगोरोड विमानस्थलमा ‘नागरिक र उडानको सुरक्षा सुनिश्चित गर्न’ बिहीबार बिहान करिब डेढ घण्टाका लागि बन्द गरिएको सङ्घीय हवाई यातायात निकायका प्रवक्ताले बताएका छन् ।
क्रेमलिनले रुसी सेनाले पुटिनको आदेशलाई पालना गर्ने तर आक्रमण भएमा तुरुन्तै जवाफ दिने बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझ आफ्नो सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गरेका छन् ।
“कूटनीतिलाई मौका दिन सक्ने यो (३० दिने युद्धविराम) प्रस्ताव हामीले फिर्ता लिएका छैनौँ। तर विश्वले रुसबाट कुनै प्रतिक्रिया देखिरहेको छैन,” उनले भने ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











