बैशाख २८ गते सबै सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन एमालेको ह्विप !
काठमाडौं । सरकारले आगामी बैशाख २८ गते संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने कार्यसुचि तय गरेसँगै नेकपा एमालेले आफ्ना सबै सांसदहरुलाई सो दिन संसदमा उपस्थित हुन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
आज शुक्रबार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलले दलका सांसदहरुका नाममा ह्वीप जारि गरेका हुन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
Comments
अरु समाचार
-
न्यायाधीशलाई सांसद समीक्षा बाँस्कोटाले चुनौती दिँदै भनिन्- राजनीति नै गर्ने भए कोट खोलेर आउनुस्
काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
वर्तमान चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ...
-
रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै, करिब १५०० वडामा नयाँ समिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन...
-
सोमबारका लागि सर्यो एमाले सचिवालय बैठक
काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक सोमबारलाई सारिएको छ। शनिवारका लागि डाकिएको सचिवालय बैठक नेताहरुको कार्यव्यस्तताका कारण सोमबार बस्ने गरि...
-
रविलाई छाड्ने न्यायाधीश वासुदेव आचार्य काज भन्दै सर्वोच्च पुगे, वरियता मिच्ने रास्वपाको न्यायाधीश राडारमा के छ?
काठमाडौं । उच्च अदालत तुलसीपुर वुटवल इजलासका कामु न्यायाधीश वासुदेव आचार्य सर्वोच्च अदालतमा काजमा खटिएका छन्। उनी उच्च अदालत बुटवलमा...
-
गुन्टुमा आज एमाले सचिवालय बैठक, यस्ता छन् एजेण्डा
काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा दिउँसो १ बजे...
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...












