आजको राशिफल: २०८२ वैशाख २९ गते सोमबार
मेष: मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय रहनेछ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुने समय छ।
वृष: प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
मिथुन: सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
कर्कट: असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला।
सिंह: आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
कन्या: मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
तुला : पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ, क्रियाशील रहनु। कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ।
वृश्चिक: खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम गर्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापट तथा किनमेलमा रकम बाहिरिन सक्छ।
धनु: आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ। प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
मकर: काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
कुम्भ: सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएकाे काम बन्नेछ र नयाँ काम थालनी हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ।
मीन: कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु। सामान्य काममा धन र श्रम खर्च हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
दुम्किवासमा ‘डाइभर्सन’ बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध !
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा...
-
खपिनसक्नु गर्मीका कारण सुनसरीका विद्यालय ३ दिन बन्द
काठमाडौं । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि...
-
ठूला प्रकरणमा होमिएपछि चुलिदै अख्तियार प्रमुख राईको चर्चा
काठमाडाैं । भ्रष्टाचार प्ररकणमा साहसिक कदम चाल्न कस्सिएका अख्तियार प्रमुख प्रेम राईको प्रसंसा शुरु भएको छ । प्रमुख राईले अख्तियार...
-
माधव नेपाललाई नैतिक संकटः अध्यक्ष र दलको नेतामा कहिलेसम्म रहने ?
काठमाडाैं । मान सम्मानको विषयलाई लिएर अत्यन्तै संवेदनशील बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल राजनीतिक जीवनकै...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते
काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सदरमुकाम सल्लेरीबाट ओखलढुंगा जाँदै गरेको...