ताजा समाचार

अस्थायी रुपमा आयात कर हटाउन अमेरिका र चीन सहमत !

काठमाडौं । अमेरिका र चीन एकअर्काको आयातमा लगाएको ट्यारिफ (कर) अस्थायी रुपमा कटौती गर्न सहमत भएका छन्।

अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनका लागि आफ्नो पारस्परिक करमा ११५ प्रतिशतले कटौती गर्ने जानकारी दिएका छन्।

अमेरिका र चीनबीच ट्यारिफलाई लिएर स्विट्जरल्याण्डमा वार्ता भएको थियो। उक्त वार्तालगत्तै सोमबार यो सहमति घोषणा गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी शुल्क लगाएपछि यो दुई देशबीचको पहिलो बैठक थियो।ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशत कर लगाएका थिए। जबकि चीनले जवाफमा अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत कर लगाइदिएको थियो।

यी भारी शुल्कहरूले वित्तीय बजारहरूमा उथलपुथल मच्चाएको थियो र विश्वव्यापी मन्दीको आशंका पैदा भएको थियो।यद्यपि, अब चिनियाँ आयातमा अमेरिकी ट्यारिफ ९० दिनका लागि घटाएर ३० प्रतिशत गरिनेछ, जबकि अमेरिकी आयातमा चिनियाँ ट्यारिफ १० प्रतिशत गरिनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org