आजको राशिफल: २०८२ जेठ १० गते शनिबार
मेष : राेकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला।
वृष: प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ।
मिथुन:थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
कर्कट: मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ।
सिंह: समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ।
कन्या कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
तुला अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
वृश्चिक रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
धनु लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ।आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ।
मकर दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ।
कुम्भ:मिहिनेतले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मीन:मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। नयाँ कामकाे जग बसाउने मौका छ। पहिलेका कमजोरी सच्याउँदै सोचेअनुरूप काम गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












