विरेन्द्र बहादुर धानुकको उम्मेदवारी : सुदूरपश्चिमको आवाज, युवाहरुको प्रेरणा
काठमाडौं । सुदूरपश्चिमको दुर्गम भूभागबाट आएका जनपक्षीय युवा नेतृत्व विरेन्द्र बहादुर धानुक नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनमा भूगोल तर्फबाट केन्द्रित सदस्य पदका लागि उम्मेदवार बन्नुभएको छ। उहाँको उम्मेदवारी साँचिकै सबै युवाहरुका लागि प्रेरणादायी बन्न पुगेको छ।
धानुकज्यूले कहिल्यै पनि शक्ति वा सत्ताको लोभ नगरी, सधैं जनजीविका, विकास र सामाजिक न्यायका पक्षमा आफ्नो आवाज बुलन्द पार्दै आउनुभएको छ। उहाँको राजनीति सधैं यथार्थमा आधारित, इमानदार र युवामैत्री रहँदै आएको छ।
उहाँले युवा समुदायलाई जागरुक बनाउने, उनीहरूको क्षमता पहिचान गरी जिम्मेवारीमा अग्रसर गराउने अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ। यही प्रतिबद्धताले गर्दा आज उहाँ नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा सुदूरपश्चिम क्षेत्रबाट केन्द्रसम्मको प्रतिनिधित्व गर्दै अगाडि बढ्नुभएको हो।
हामी सबै युवाहरुका लागि उहाँको उम्मेदवारी एक प्रेरणा बनेको छ। उहाँको नेतृत्वमा सुदूरपश्चिमको आवाज अब केन्द्रसम्म पुग्ने छ। त्यसैले, हामी सबैले विरेन्द्र बहादुर धानुकज्युलाई साथ, समर्थन र सहयोग गर्न आ–आफ्नो स्थानबाट सक्रिय बन्न जरुरी छ।
उहाँ स्वयंले पनि सम्पूर्ण युवाहरुलाई आ–आफ्नो ठाउँबाट संगठन सुदृढ बनाउन र सचेत नेतृत्व निर्माणमा लाग्न आह्वान गर्नुभएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












