आजको राशिफल: २०८२ जेठ १२ गते सोमबार
मेष: प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। दिउँसोदेखि अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बोली–व्यहारमा संयम रहनुपर्ला। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ।
वृष: तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ। व्यवसायमा लगानी बढाउनुपर्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्नेछ।
मिथुन: नयाँ कामतर्फ अग्रसर भइनेछ। दिउँसोदेखि काम र आम्दानीमा बाधा हुनेछ भने फजुल खर्च बढ्न सक्छ। आफन्तको सम्पर्कबाट टाढिनुपर्ला। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनु । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
कर्कट” मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अरूको मुख ताक्नाले काम राेकिन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ।
सिंह: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि भाग्यले विभिन्न अवसर जुराउनेछ।
कन्या: दिउँसोदेखि स्थितिमा सामान्य सुधार आउनेछ। तर प्रतीक्षित नतिजा सन्तोषजनक नआउन सक्छ। काममा बाधा हुनेछ। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ने समय छ।
तुला: दिउँसोदेखि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। काम बिग्रने सम्भावना देखिएकाले शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। भेटघाट र उपहारले उत्साह जगाउनेछ। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
वृश्चिक: मन मिल्नाले प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नदेखि रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ।
धनु: मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ।
मकर: रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुन सक्छ।
कुम्भ: पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरू सँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्त र साथीभाइले भने साथ दिनेछन्। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने अवस्था आउला ।
मीन: हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
अध्यक्ष जित्न ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउदै, के गर्लान ईश्वर पोखरेल ?
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी प्रस्ताव लैजाने भएका छन्। केन्द्रिय...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












