पीएसएलको उपाधि तेस्रो पटक लाहोर कलन्दर्सको पोल्टामा, कति छ पुरस्कार राशी ?
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल–२०२५) क्रिकेटको उपाधि लाहोर कलन्दर्सले जितेको छ ।
आइतबार भएको फाइनलमा लाहोरले क्वेट्टा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै लोहोरले उपाधी उचालेको हो । क्वेट्टा ग्लाडिएटर्सले पहिले ब्याटिङ गर्दै दिएको २०२ रनको लक्ष्य लाहोरले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
लाहोरका लागि परेराले अविजित रहँदै ६२ रन बनाए भने सिकन्दर राजा ७ बलमा २२ रनमा अविजित रहे । अन्तिम ओभरमा १३ रन आवश्यक रहँदा सिकन्दरले चौथो बलमा छक्का र पाँचौ बलमा चौका प्रहार गरे ।
त्यसअघि अघिल्लो ओभरमा परेराले छक्का र चौकासहित राजासँग मिलेर कुल १८ रन जोडेपछि जित सहज बनेको थियो । क्वेटाका मोहम्मद आमिर, फहीम अशरफ, अबरर अहमद र उस्मान तरिकले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । हसन नवाजले सर्वाधिक ७६ रन बनाए । अभिष्का फर्नान्डोले २९ तथा फहीम अशरफले २८ रन बनाए ।
लाहोरका शाहीन अफ्रिदीले ३ विकेट लिँदा सलमान मिर्जा र हारिस राउफले २२ तथा सिकन्दर राजा र रिशाद होसेनले १–१ विकेट लिए ।
यस प्रतियोगितामा विजेता लाहोर कलन्दर्सले पाँचलाख अमेरिकी डलर र उपविजेता क्केट्टा ग्लाडिएटर्सले दुईलाख अमेरिकी डलर हात पारेका छन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












