युवा संघको नेतृत्व गरेर ‘समृद्ध नेपाल-सुखी नेपाली’को संकल्प पुरा गर्न योगदान गर्छुः उपाध्यक्ष महाराज गुरुङ
काठमााडौं । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै युवा नेता महाराज गुरुङले मतदाताको आशा, भरोसा र विश्वासमा कमि आउन नदिने गरि युवा संघको नेतृत्व गर्ने प्रतिवद्धता जनाएका छन् ।
देशको पर्यटकीय राजधानी पोखरामा जारि महाधिवेसनमा निवर्तमान उपाध्यक्ष समेत रहेका गुरुङले मतदान सुरु हुनुभन्दा अघि महाधिवेसन प्रतिनिधिहरुसामु आफ्नो प्रतिवद्धता जायर गरेका हुन् ।
उनले भनेका छन्, ‘ तपाईहरुको अमूल्य मत दिन हार्दिक अनुरोध गर्दछु, तपाईहरुको आशा, भरोसा र विश्वासलाई कहिलै मर्न दिने छैन्, उनले भने, तपाईहरुले दिएको मतलाई सधै शिरमा राखेर तपाईहरुले दिएको मत कहिलै मैले गलत ठाँउमा दिएछु भन्ने कुराको सोच नहुने गरि म संगठनको काम गर्छु ।’
राष्ट्रिय युवा संघमा आफ्नो सक्षम र शसक्त नेतृत्वशैलीका कारण लोकपृय र बलिया उम्मेदवारका रुपमा रहेका गुङग सक्षम युवा नेतृत्वले नै देशको मुहार फेर्न र नेकपा एमाले नेतृत्वको सरकारले राखेको ‘समृद्ध नेपाल-सुखि नेपालीको’ साझा संकल्प पुरा गर्न सक्ने विचार राख्छन् ।
गत कार्यकालमा संगठनका विभिन्न कार्यक्रमहरुमा कुसल नेतृत्व गरेर देशकै लोकपृय संगठनका रुपमा युवा संघ नेपाललाई स्थापित गराउँन सफल गुरुङ पुनः एकपटक उपाध्यक्षमा दोहोरिएर नेतृत्व गर्न चाहन्छन् ।
त्यस्तै उनले सहमतीका आधारमा नेतृत्व चयन हुन नसके पनि निर्वाचनले संगठनको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको प्रक्रियामा उत्साहजनक रुपमा सहभागी हुन् प्रतिनिधिहरुमाझ अनुरोध गरेका छन् ।
जारि महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मतीका आधारमा चयन गर्न लामो सयमसम्म पहल गरे पनि सहमती जुट्न नसक्दा अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्षमा निर्वतमान अध्यक्ष क्षितिज थेपे र निर्वतमा सुमन पुरिबच प्रतिस्पर्धा हुँदै छ ।
Comments
अरु समाचार
-
अनशनरत रुबी खानले २३औँ दिनमा तोडिन् अनशन, सरकारसँग पाँचबुँदे सहमति
बुटवल । अनशनरत रुबी खानले २३औँ दिनमा अनशन ताेडेकी छन् । बुधबार सरकारसँग पाँचबुँदे सहमति भएपछि अनसन ताेडेकी हुन् ।...
-
नेप्से परिसूचक ६.५१ अङ्कले घट्यो, कारोबार सवा तीन अर्ब नाघ्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार...
-
मनोज श्रीमानको संसदीय सुनुवाई शुरु, के गरिदैछ?
काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि प्रस्तावित मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । समितिको...
-
मनोज श्रीमानको काम आजै फत्ते
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मालाई आजै प्रधानन्यायाधीशमा नियुक्त गर्ने गरि संसदीय सुनुवाई अघि बढ्ने भएको छ। शर्माविरुद्ध...
-
न्यायाधीशलाई सांसद समीक्षा बाँस्कोटाले चुनौती दिँदै भनिन्- राजनीति नै गर्ने भए कोट खोलेर आउनुस्
काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
वर्तमान चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ...
-
रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै, करिब १५०० वडामा नयाँ समिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन...
-
सोमबारका लागि सर्यो एमाले सचिवालय बैठक
काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक सोमबारलाई सारिएको छ। शनिवारका लागि डाकिएको सचिवालय बैठक नेताहरुको कार्यव्यस्तताका कारण सोमबार बस्ने गरि...












