ताजा समाचार

‘गणतन्त्रको १८ वर्षे यात्रामा अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले गणतन्त्र प्राप्तीपछि अझै धेरै सुधार र प्रतिबद्धताको आवश्यकता रहेको बताएका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमा शुभकामना सन्देश जारि गर्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, जनआन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ।

त्यस्तै उनले असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो खोज्नु पर्ने पनि बताएका छन्।

थापाले, सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बनोस् भन्दै लोकतान्त्रिक मूल्य र जनआकांक्षाका पक्षमा हामी सबै एकजुट बन्न अपिल गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org