ताजा समाचार

भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले साक्षीहरूको बयान लिने

काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले साक्षीहरूको बयान लिने भएको छ ।

पूर्वमन्त्रीहरु बालकृष्ण खाण र टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डेय, शानु भण्डारी, सन्दीप रायमाझी, इन्द्रजित राईलगायत ३५ जनाविरुद्ध जोडिएको शरणार्थी प्रकरणमा न्यायाधीश श्यामबिहारी मौरेको इजलासले सोमबार साक्षी बुझ्ने आदेश गरेको हो ।

यस्तै, शरणार्थी प्रकरणमा संलग्न आरोपमा मुद्दा चलेका बेचन झाको मुद्दा पनि सन्दीप रायमाझीसहित ३० र केशव दुलालसहित ५ जना जोडिएको मुद्दासँगै लगाउमा राख्ने आदेश भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org