विश्वकप क्रिकेट लिग–२ः नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै
नेपाल स्कटल्याण्डसँग सन् २०२३ देखि भएका ५ वटै खेलमा अपराजित !
काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलाको तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ ।
जारी सिरिजमा उत्कृष्ट प्रर्दशन गरेर बलिया टोली स्कटल्याण्ड र नेदरल्याण्डमाथि रोमाञ्चक र कीर्तिमानी जित निकाल्न नेपाली टोली आज आयोजक स्कटल्याण्डसँग भिड्न लागेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा नेपालले स्कटल्याण्ड र बुधबार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।
नेपाल स्कटल्याण्डसँग सन् २०२३ देखि भएका ५ वटै खेलमा अपराजित छ। ४ खेल जित्दा १ खेल नतिजाविहीन छ । यस शृंखलाअघि पछिल्लोपटक सन् २०२४ अक्टोबरमा अमेरिकाको डलासमा भएको लिग २ शृंखलामा नेपालले स्क्टल्याण्डसँगको पहिलो खेल जित्दा अर्को खेल वर्षाले नतिजाविहीन भएको थियो ।
त्यसअघि नेपालले सन् २०२३ फेब्रुअरीमा कीर्तिपुरमा भएका दुवै खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसबेला नेपालले २ विकेट र ३ विकेट अन्तरको जित निकालेको थियो ।
गत सोमबारको सहित नेपाल र स्कटल्याण्डबीच हालसम्म ओडिआईमा भएका ९ खेलमध्ये ५ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ ।
पछिल्लोपटक सन् २०२२ को डिसेम्बरमा नामिबियामा भएका दुवै खेलमा नेपाललाई हराएदेखि यता स्कटल्याण्डले नेपाललाई हराउन सकेको छैन । यस शृंखलाका २ खेलमा जित निकालेपछि अंकतालिकामा नेपालको हाल १४ खेलबाट १० अंक सहित सातौं स्थानमा छ ।
आजको खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । यो जारी शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल हो ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












