स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि पोर्चुगललाई !
काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो ।
टाइब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भयो । पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसको प्रहार गोलमा परिणत भयो । स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोको प्रहार गोल हुँदा अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए ।
त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि जोगाइराख्न सकेन । २१औं मिनेटमा मार्टिन जुयामेण्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
त्यसको ५ मिनेटमा नै नुनो मेन्डेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४५औं मिनेटमा मिकेल ओयरजाबालले गोल गरेपछि पहिलो हाफमा स्पेन २-१ ले अगाडि रह्यो ।
दोस्रो हाफको ६१औं मिनेटमा स्टार सिनियर खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा गयो ।
पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८/१९ को उपाधि जितेको थियो । त्यसयता फ्रान्स र स्पेनले १–१ पटक उपाधि जितेका थिए ।
भेट्रान स्ट्राइकर रोनाल्डोका लागि पोर्चुगलबाट यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि बन्यो । यसअघि सन् २०१६ को युरो र २०१९/१९ को नेसन्स लिग पोर्चुगलले जितेको थियो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












