नेदल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, सोमपाल र गुल्शन चोटग्रस्त बन्दा नेपाललाई झट्का
काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप क्रिकेट लिग–२ मा नेपालविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले डन्डीको फोर्टहिलमा टस जितेर नेपाललाई ब्याटिङका लागि बोलाएका हुन् ।
नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुलशन झा खेलिरहेका छैनन् । सोमपाललाई स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङका क्रममा बाउन्सर बलले कुहिनामा चोट लागेको थियो । गुलशनलाई घुँडामा चोट लागेको छ । यी दुवैले अर्को साता ग्लास्गोमा सुरु हुने तीनदेशीय ट्वान्टी २० शृंखलासमेत गुमाउने भएका छन् ।
सोमपाल र गुलशनको स्थानमा नन्दन यादव र बसिर अहमदलाई खेलाइएको छ । दाहिने हाते तीव्र बलर नन्दनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न लागेका हुन् । त्यस्तै ठूलो स्कोर बनाउन नसकेका ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ ।
नेदरल्यान्ड्सका कप्तान इडवार्डस टोलीमा फर्किएका हुन् । नेपालविरुद्धको पहिलो खेलमा उनी ब्याटिङका क्रममा घाइते भएका थिए । उनले विक्रमजित सिंहको स्थान लिनेछन् । नेपालले पहिलो खेलमा आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो ।
यस शृंखलाका ३ खेलमा नेपालले २ मा विजय हात पारेको छ । स्कटल्यान्डको यस लिग २ मा दुवै खेल हारेको नेदरल्यान्ड्स लगातार तेस्रो खेलमा पराजित भइसकेको छ ।
लिग २ मा नेदरल्यान्ड्स २२ खेलमा २६ अंक जोडी दोस्रो स्थानमा छ । १४ खेलमा नेपालले १० अंक जोडेको छ । आठ राष्ट्र सहभागी लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












