पाँच महानगरपालिकाको बजेट सार्वजनिक, काठमाडौंले किन गरेन ?
काठमाडौं । देशभरका पाँच महानगरपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका छन् । तर देशकै ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाले समयमा बजेट ल्याउन सकेन । स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था भएपनि काठमाडौैं महानगरपालिका समयमा बजेट ल्याउन यसपालि असफल भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार यो महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएन । काठमाडौं महानगरपालिकामा बजेट निर्धारण समितिको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ र मेयर शाहबीच विवाद हुँदा बजेट आउने नसकेको हो । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बस्न सकेको छैन । बजेट जारी नहुँदा कानुनी संकट सिर्जना भएको छ । आपसी मनमुटावका कारण बजेट नै जारी नहुने अवस्थापछि उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षले बालेनलाई भेटेर सहमतिको प्रयास गरे। तर उचित निष्कर्ष नसकेको बुझिएको छ ।
अन्य पाँच महानगरपालिकाले भने आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरिसकेका छन् । जसमध्ये पोखरा महानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याउँदा वीरगञ्जले भने सानो आकारको बजेट ल्याएको छ ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेट अनुसार संघीय सशर्त अनुदान तीन अर्ब १३ करोड १२ लाख र आन्तरिक आयबाट ५ अर्ब २२ करोड व्यहोरिने भएको छ ।
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख र रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेका बजेट अनुसार बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपप्रमुख शिल्पा निरला कार्कीले ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले संघीय सरकारको सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख अनुमानित खर्चको स्रोत व्यहोर्ने अनुमान गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको बजेट अनुसार बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख विनियोजन गरिएको छ ।
Comments
अरु समाचार
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...
-
साफ यू–२० महिला च्याम्पियनसिप: नेपालले तेस्रो खेल श्रीलंकासँग खेल्दै
काठमाडौं । नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेल श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल र...
-
बीपी राजमार्गमा पूर्णरुपमा अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाका कारण सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।...
-
विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने...
-
आज संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री...