प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै
काठमाडौं । आज शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार अहिले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले स्पेन भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने भएका हुन्।
प्रधानमन्त्री ओली स्पेन भ्रमणका लागि आज साँझ काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघले आयोजना गर्ने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाने भएका हुन्।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स ९एफएफडी–४०० का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा निस्कन लागेका हुन्।
Comments
अरु समाचार
-
आफ्नो पार्टीका मन्त्रीले गरेको राम्रो कामको प्रशंसा गर्नु , ८४ रुख बाहेक अरु चिन्हमा भोट हाल्नु पर्दैनः महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत...
-
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त (यस्तो छ मन्त्रिपरिषद्)
काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...
-
यस्तो बन्यो मदन जयन्ती मूल व्यवस्थापन समिति (सूचीसहित)
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ । यसको पहिलो चरणमा...
-
‘संसद विघटन संविधान बमोजिम नै सदर गरेकी हुँ’ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट...
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
गुप्ताले राजीनामा दिएको महेश बस्नेतलाई मनपर्यो
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद महेश बस्नेतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
आज संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री...
-
राजकुमार गुप्ता घूस अडियो प्रकरण: देवेन्द्र पौडेलले सम्झिए गोकुल बास्कोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको भनेर सार्वजनिक भएको अडियोबारे...