बाढीबाट बस्ती जोगाउँन मध्यरातमा खटियो सिडिओको नेतृत्वमा टोली…
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ लारजुङ खोलामा बाढी आएपछि मध्यरातमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले उद्दार गरेको छ ।
अविरल वर्षा सँगै खोला बढेर लारजुङ गाउँ जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल सहितको टोलीले बस्तीलाई बाढीबाट जोगाएको हो ।
भुसालको अनुसार आइतबार राती खोलामा बाढी आएको स्थानीयबासीहरुले जानकारी गराएपछि सुरक्षाकर्मी सहितको टोली त्यहाँ पुगेको थियो। उक्त विपद् उद्धार टोलीले एक्स्काभेटरको प्रयोग गरी खोलाको बहाब नै परिवर्तन गरेर बस्ती जोगाउन सफल भएको प्रजिअ भुसालले बताए।
खोलामा पानीको बहाव उच्च रहेको थियो । पानीको बहावले खोलामा राखिएको झोलुङ्गे पुललाई समेत सामान्य असर गरेको स्थानीयवासी भीमबहादुर रसाइलीले बताए ।
मुस्ताङमा गर्मी बढेसँगै वर्षा पनि अविरल हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले हरेक बस्तीमा २५ जनाको समूहमा स्वयंसेवक टोली बनाएको छ ।
जुनसुकै समयमा पनि विपद् आइपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त स्वयंसेवक टोली मार्फत सूचना गरी उद्धार कार्यमा खट्न सबैलाई सचेत बनाइएको प्रजिअ भुसालले बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











