पाँच बलमा पाँच विकेटको किर्तिमान आयरल्यान्डका कर्टिसको नाममा
काठमाडौं । विश्व क्रिकेटमा खेलाडीहरुले आफ्नो जादुमयी खेल प्रदर्शनका कारण नयाँनयाँ किर्तिमान राख्दै इतिहास रच्दै आएका छन् । त्यस्तै, आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले व्यावसायिक क्रिकेटमा पाँच बलमा लगातार पाँच विकेट लिने पहिलो पुरुष बलर बनेर इतिहास बनाएका छन्।
उनले इन्टर–प्रोभिन्सियल टी–२० ट्रफी अन्तर्गत नर्थ–वेस्ट वारियर्सविरुद्ध मन्स्टर रेड्सका लागि यो कीर्तिमान बनाएक हुन्। उनले आफ्नो २.३ ओभरको स्पेलमा १६ रन खर्चेर ५ विकेट लिँदै समाप्त गरे।
मन्स्टर रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा गरी यी पाँच विकेट लिएका थिए। १८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्स उनको यो प्रदर्शनसँगै ८७ रनमा ५ विकेटको स्थितिबाट ८८ रनमा अलआउट हुन पुगेको थियो।
आफ्नो उपलब्धिबारे क्याम्फरले , ‘ओभर परिवर्तन भएकाले के भइरहेको छ भन्ने मलाई खासै थाहा थिएन। मैले आफ्नो योजनामा अडिग रहेर बलिङलाई एकदमै सामान्य राखें र भाग्यले साथ दियो ।’
टी–२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा चार विकेट लिने खेलाडीको सूचीमा रहेका क्याम्फर पाँच बलमा पाँच विकेट लिने पहिलो बलर भने होइनन्। यसअघि जिम्बाब्बेकी महिला अलराउन्डर केलिस नाममा पनि पाँच बलम पाँच विकेटको कीर्तिमान थियो। उनले सन् २०२४ मा घरेलु टी-२० प्रतियोगितामा पाँच बलमा पाँच विकेट लिएकी थिइन्।
Comments
अरु समाचार
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











