पानी नपर्दा भएन रोपाइँ, मधेश सुख्खाग्रस्त घोषणा, ब्याडमै मर्न थाल्यो धानको बीउ
काठमाडौं । नेपाल कृषि प्रधान देश हो । अहिले नेपालमा उत्पादन हुने प्रमुख खाद्यवाली धान रोपाइँको मौसम चलिरहेको छ । अर्थात नेपालीहरु यो समयलाई अत्यान्तै महत्वका साथ लिएर ‘मानो खाएर मुरि उब्जाउने’ समयका रुपमा चित्रित गर्ने गर्छन् ।
सरकारले प्रस्तुत गरेका तथ्याङ्क अनुसार नेपालमा कृषि क्षेत्रमा ६२ प्रतिशत मानिसहरु औपचारिक रुपमा जोडिएका छन् । नेपालमा करिब १४० भन्दा बढि जातका धानहरु रहेको तथ्याङ्क नेपाल कृषि अनुसन्धान परिषद्मा रहेको छ । नेपाल सरकारले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ को कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत रहेको छ, भने आगामी अर्थिक वर्ष २०८२/०८३ यस क्षेत्रको योगदान अझै बढ्ने अनुमान गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा चैते र वर्षे गरी कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रमा धानखती भई ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धान उत्पादन भएको पाइन्छ । जुन नेपाललाई आवश्यक पर्ने धानभन्दा १० लाख मेट्रिकटन कम हो । सो बराबरको धान नेपालले विदेशबाट आयात गर्दा वार्षिक करिब ३८ अर्ब ९४ करोड रुपैयाँ विदेशिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले आगामि आर्थिक वर्षमा धान उत्पादन बढ्ने अनुमान गरे पनि यसवर्ष समयमा वर्षात भएको छैन् । उसोतः नेपालमा विगतको तुलनामा १५ दिन अगावै मनसुन जेठ १६ गते भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण एसियाली मुलुक नेपालमा प्राय जुन १३ मा मनसुन भित्रिने गरेको पाइन्छ । यसवर्ष मनसुन निर्धारित समयभन्दा अगावै भित्रिए पनि धान रोपाइँको मुख्य समयमा वर्षात नभएर धानका ब्याड सुख्खा भएको र बिउ मर्न थालेको गुनासो कृषकहरुले बताउँन थालेका छन् । यसले समग्र धान उत्पादनमा नै प्रभाव पार्ने देखिन्छ ।
धान उत्पादनको हिसाबले मधेश प्रदेश सबैभन्दा बढि धान उत्पादन हुने प्रदेश हो । यसवर्ष समयमा वर्षात धान रोपाइँमा उल्लेखनिय प्रगति हुन नसक्दा मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । भने आवश्यक राहतका लागि संघ सरकारलाई अनुरोध समेत गरेको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असार २७ गतेसम्ममा मधेस प्रदेशमा कुल धान रोपाइँ क्षेत्रफलको ३३.७८ प्रतिशतमा मात्र रोपाइँ भएको उल्लेख गरेको छ । मधेश प्रदेशमा ५ लाख ४२ हजार ५८०.७८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हँुदै आएको छ । तर, असार सकिन लाग्दा जम्मा १ लाख २५ हजार ८८८.६ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












