पानी नपर्दा भएन रोपाइँ, मधेश सुख्खाग्रस्त घोषणा, ब्याडमै मर्न थाल्यो धानको बीउ
काठमाडौं । नेपाल कृषि प्रधान देश हो । अहिले नेपालमा उत्पादन हुने प्रमुख खाद्यवाली धान रोपाइँको मौसम चलिरहेको छ । अर्थात नेपालीहरु यो समयलाई अत्यान्तै महत्वका साथ लिएर ‘मानो खाएर मुरि उब्जाउने’ समयका रुपमा चित्रित गर्ने गर्छन् ।
सरकारले प्रस्तुत गरेका तथ्याङ्क अनुसार नेपालमा कृषि क्षेत्रमा ६२ प्रतिशत मानिसहरु औपचारिक रुपमा जोडिएका छन् । नेपालमा करिब १४० भन्दा बढि जातका धानहरु रहेको तथ्याङ्क नेपाल कृषि अनुसन्धान परिषद्मा रहेको छ । नेपाल सरकारले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ को कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत रहेको छ, भने आगामी अर्थिक वर्ष २०८२/०८३ यस क्षेत्रको योगदान अझै बढ्ने अनुमान गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा चैते र वर्षे गरी कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रमा धानखती भई ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धान उत्पादन भएको पाइन्छ । जुन नेपाललाई आवश्यक पर्ने धानभन्दा १० लाख मेट्रिकटन कम हो । सो बराबरको धान नेपालले विदेशबाट आयात गर्दा वार्षिक करिब ३८ अर्ब ९४ करोड रुपैयाँ विदेशिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले आगामि आर्थिक वर्षमा धान उत्पादन बढ्ने अनुमान गरे पनि यसवर्ष समयमा वर्षात भएको छैन् । उसोतः नेपालमा विगतको तुलनामा १५ दिन अगावै मनसुन जेठ १६ गते भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण एसियाली मुलुक नेपालमा प्राय जुन १३ मा मनसुन भित्रिने गरेको पाइन्छ । यसवर्ष मनसुन निर्धारित समयभन्दा अगावै भित्रिए पनि धान रोपाइँको मुख्य समयमा वर्षात नभएर धानका ब्याड सुख्खा भएको र बिउ मर्न थालेको गुनासो कृषकहरुले बताउँन थालेका छन् । यसले समग्र धान उत्पादनमा नै प्रभाव पार्ने देखिन्छ ।
धान उत्पादनको हिसाबले मधेश प्रदेश सबैभन्दा बढि धान उत्पादन हुने प्रदेश हो । यसवर्ष समयमा वर्षात धान रोपाइँमा उल्लेखनिय प्रगति हुन नसक्दा मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । भने आवश्यक राहतका लागि संघ सरकारलाई अनुरोध समेत गरेको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असार २७ गतेसम्ममा मधेस प्रदेशमा कुल धान रोपाइँ क्षेत्रफलको ३३.७८ प्रतिशतमा मात्र रोपाइँ भएको उल्लेख गरेको छ । मधेश प्रदेशमा ५ लाख ४२ हजार ५८०.७८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हँुदै आएको छ । तर, असार सकिन लाग्दा जम्मा १ लाख २५ हजार ८८८.६ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












