मोहम्मद सिराजलाई आईसीसीको जरीवाना
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई जरीवाना गरेको छ ।
लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको चौथो दिनमा आईसीसीको आचारसंहिता उल्लङ्घन गरेपछि सिराजलाई ‘म्याच फी’ को १५ प्रतिशत जरीवाना गरिएको छ । उनलाई आईसीसीले एक डिमेरिट प्वाइन्ट पनि दिएको छ ।
सिराजले खेलाडी र खेलाडी सहयोगी कर्मचारीहरूका लागि आईसीसी आचारसंहिताको धारा २।५ उल्लङ्घन गरेकोमा दोषी ठहर भएका हुन् । यो आचारसंहिता अन्तर्राष्ट्रिय खेलका क्रममा ब्याटलाई अपमानजनक वा आक्रामक प्रतिक्रिया जगाउन सक्ने भाषा, कार्य वा इशाराहरू प्रयोग गर्नेसँग सम्बन्धित छ ।
टेस्टको चौथो दिनको खेलका क्रममा सिराजले बेन डकेटको विकेट लिएपछि उत्सव मनाउँदै गर्दा उनकै नजिकै गएर चिढ्याएका थिए ।
यसैबीच भारत र इङ्ग्ल्यान्डबीचको तेस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । खेलको पाँचौं दिन अर्थात् आज भारतलाई जीतका लागि १ सय ३५ रन र इङ्ग्ल्यान्डलाई ६ विकेट चाहिएको छ ।
Comments
अरु समाचार
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...











