आन्द्रे रसेलले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
काठमाडाैं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
उनले आफ्नो घरेलु मैदान जमैकाको सबिना पार्कमा अस्ट्रेलियाविरुद्ध हुने पहिलो दुई टी-२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा बताएका हुन्।
३७ वर्षीय रसेल सन् २०१९ देखि वेस्ट इन्डिजका लागि टी-२० अन्तर्राष्ट्रिय मात्र खेल्दै आएका थिए। उनको यो संन्यासको घोषणा सन् २०२६ मा भारत र श्रीलंकामा हुने अर्को टी-२० विश्वकपभन्दा सात महिनाअघि आएको हो। उनले आफ्नो करियरमा १ टेस्ट, ५६ एकदिवसीय र ८४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
आफ्नो सन्यास घोषणा गर्दै रसेलले भावुक हुँदै भने, ‘वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नुको अर्थ के हो, त्यो शब्दमा बयान गर्न सक्दिनँ। यो मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धिहरू मध्ये एक हो।’
दुई महिनाभन्दा कम अवधिमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने रसेल दोस्रो ठूला वेस्ट इन्डियन खेलाडी हुन्। यसअघि निकोलस पूरनले पनि संन्यासको घोषणा गरेका थिए।
रसेल सन् २०१२ र २०१६ मा टी-२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका महत्वपूर्ण सदस्य थिए। सन् २०१६ को फाइनलमा उनले महत्वपूर्ण योगदान गरेका थिए।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












