ताजा समाचार

साम्बा न्युजिल्याण्डको फुटबल क्लबमा अनुबन्ध !

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ वेलिङटन फोनिक्समा आबद्ध भएकी छन्।

साम्बा सिजन २०२५/२६ का लागि क्लबमा आबद्ध भएकी हुन्। यो न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए–लिग वुमन खेल्ने गर्छ।

यो लिगमा १२ टोलीले खेल्दा ११ टोली अस्ट्रेलियाका छन्। अघिल्लो सिजन वेलिङटन लिगमा नवौं भएको थियो। उसले २३ खेलमा ७ खेल मात्र जितेको थियो।

साम्बाले गत दुई सिजन भने फ्रान्सको शीर्ष डिभिजनको लिग खेलेकी थिइन्। फ्रान्सको महिला फुटबल क्लब गुइनगाम्पबाट उनले दुई सिजन खेलेकी थिइन्। पछिल्लो सिजन भने क्लब रेलिगेसनमा परेको थियो।

साम्बाले यसअघि इसराइलको शीर्ष डिभिजनको क्लब हापोइल रा’नानामा आबद्ध भएर लिग खेलेकी थिइन्। तर युद्धका कारण उनी सिजनको बीचैमा फर्किएकी थिइन्।

साम्बा २०१४ मा नेपाली राष्ट्रिय टोलीमा आबद्ध भएकी थिइन् साम्बा। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्।

साम्बाले राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन्। उनले राष्ट्रिय टोलीमा ६० खेलमा ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org