श्रीलंकाविरुद्ध नेपालको अर्को फराकिलो जित
काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ७-० गोलअन्तरकाे जित निकालेकाे छ ।
नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक-एक गोल गरे । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।
१५औं मिनेटमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ३५ औं मिनेटमा कुसुमले गोल गर्दै अग्रता दोब्बर पारिन् । ४३ औं मिनेटमा सरिता नाथले फ्रिकिकमा गोल गर्दै ३-० को अग्रतामा पुर्याइन् । त्यस्तै ४५ औं मिनेटमा कुसुमको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट हुँदै गोल भएपछि नेपालले ४-० को अग्रता बनायो ।
दोस्रो हाफको ६७औं मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता अझै बढाइन् । समिक्षा मगरले ७४औं र ७८औं मिनेटमा गोल गर्दै अग्रता ७-० मा पुर्याइन् ।
९० औं मिनेटमा बिर्सनाको अर्को पेनाल्टी प्रहार भने श्रीलंकन गोलरक्षकले बचाइन् । त्यसपछि गोल भएनन् नेपाल ७-० ले विजयी भयो । यसअघि श्रीलंकासँगको पहिलो खेलमा पनि नेपाल ७-० ले विजयी भएको थियो ।
जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ । बंगलादेशले बेलुका भुटानसँग खेल्नेछ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











