ताजा समाचार

पहिरोले विद्यालय पुरिदाँ २ जना घाइते

काठमाडौं । शनिबार राती परेको अविरल वर्षा सहितको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका ८ चिम्रोङ स्थित मोदी आधारभूत विद्यालय पुरेको छ ।

पहिरोमा परी विद्यालयका तीनवटा भवनमा क्षति पुगेको छ । त्यहाँ भवनसँगै फर्निचर, ल्यापटप, कम्प्युटर, दराज, खातापाता सबै परिएको र करिव डेढ करोड बरावरको क्षति भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

सोही पहिरोमा परी स्थानीय ६५ वर्षे मैताकुमारी गुरुङ र उनका छोरा आइतराम घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पहिरोले मैताकुमारी र उनकी दिदीको अस्थायी घरमा पूर्ण क्षति पुर्याउदाँ उनीहरु अहिले विस्ताथित हुनुपरेको छ । आइतबार विहान विद्यालय माथि रहेको कुटुमको डिलबाट पहिरो खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org