ताजा समाचार

रायो सागमा ८० प्रतिशत भन्दाबढी विषादी

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

दोलखाबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ । यसअघि २४ असारमा पनि भक्तपुरबाट बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो । त्यसपछि २६ असारमा काभ्रेबाट बिक्रीका लागि ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादी भेटिएको थियो ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org