ताजा समाचार

स्कुटर दुर्घटनामा २५ वर्षीय युवतीकाे मृत्यु

काठमाडौं । काठमाडौंको कमलादीमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। गएराति १ः१५ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन नजिकै बागमती प्रदेश ०२–०३४ प ३४५८ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई काठमाडौंकै बनस्थली बस्ने २५ वर्षीय समीक्षा रिजाल छिन्।

दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारका क्रममा गएराति २ः१५ बजे उनको मृत्यु भएको एसपी बोहराले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org