‘कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने’ : थाइल्याण्ड
काठमाडौं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिएका छन् ।
बिहीबारदेखि सीमा क्षेत्रमा सुरु भएको झडप बढिरहँदा कार्यवाहक प्रधानमन्त्रीले बैंककमा पत्रकारहरुसँग बोल्दै यो समस्या थप बढ्न सक्ने बताए । ‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यस्ता झडपले जनताको जीवन प्रभावित पारेको छ र सरकारले हाम्रो राष्ट्र र सर्वाभौमसत्ताको रक्षा गरेको छ ।’
थाइ सेनाका अनुसार, कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले बिहीबार एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थियो । पछि थाइल्याण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको थियो । थाइल्याण्डका अनुसार, शुक्रबारसम्म कम्बोडियासँग सीमा जोडिएको क्षेत्रमा बसेका १ लाख ३८ हजारभन्दा बढी नागरिकलाई स्थानान्तरण गरिएको छ ।
बिहीबार सुरू भएको द्वन्द्व शुक्रबार बिहान फेरि सुरू भएको थाई सेनाले जनाएको छ । थाई सेनाका अनुसार झडपहरू १२ ठाउँमा भएका छन्, जसले बिहीबार सुरू भएको द्वन्द्वलाई अझ व्यापक बनाएको बैंकक पोष्टले जनाएको छ ।
क्याम्बोडियाले आफ्ना क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन । तर ओदार मीन्चे प्रान्तका एक स्थानीय अधिकारीले रोयटर्सलाई बताएअनुसार एक सर्वसाधारणको मृत्यु भएको छ र पाँच जना घाइते भएका छन् । १ हजार ५ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
थाई सेनाले शुक्रबार बिहानैदेखि उबोन रात्चाथानी र सुरिन प्रान्तमा झडप भएको जनाएको छ । ‘क्याम्बोडियन सेनाले भारी हतियार, फिल्ड आर्टिलरी र बीएम–२१ रकेट प्रणाली प्रयोग गर्दै निरन्तर बमबारी गरिरहेको छ,’ सेनाले वक्तव्य जारी गर्दै भनेको छ ।
हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास छ । यद्यपि, २०११ मा भएको झडपपछि दुवै देशबीच सम्बन्ध प्रायः स्थिर रहँदै आएको थियो ।
२०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो । तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











