‘कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने’ : थाइल्याण्ड
काठमाडौं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिएका छन् ।
बिहीबारदेखि सीमा क्षेत्रमा सुरु भएको झडप बढिरहँदा कार्यवाहक प्रधानमन्त्रीले बैंककमा पत्रकारहरुसँग बोल्दै यो समस्या थप बढ्न सक्ने बताए । ‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यस्ता झडपले जनताको जीवन प्रभावित पारेको छ र सरकारले हाम्रो राष्ट्र र सर्वाभौमसत्ताको रक्षा गरेको छ ।’
थाइ सेनाका अनुसार, कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले बिहीबार एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थियो । पछि थाइल्याण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको थियो । थाइल्याण्डका अनुसार, शुक्रबारसम्म कम्बोडियासँग सीमा जोडिएको क्षेत्रमा बसेका १ लाख ३८ हजारभन्दा बढी नागरिकलाई स्थानान्तरण गरिएको छ ।
बिहीबार सुरू भएको द्वन्द्व शुक्रबार बिहान फेरि सुरू भएको थाई सेनाले जनाएको छ । थाई सेनाका अनुसार झडपहरू १२ ठाउँमा भएका छन्, जसले बिहीबार सुरू भएको द्वन्द्वलाई अझ व्यापक बनाएको बैंकक पोष्टले जनाएको छ ।
क्याम्बोडियाले आफ्ना क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन । तर ओदार मीन्चे प्रान्तका एक स्थानीय अधिकारीले रोयटर्सलाई बताएअनुसार एक सर्वसाधारणको मृत्यु भएको छ र पाँच जना घाइते भएका छन् । १ हजार ५ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
थाई सेनाले शुक्रबार बिहानैदेखि उबोन रात्चाथानी र सुरिन प्रान्तमा झडप भएको जनाएको छ । ‘क्याम्बोडियन सेनाले भारी हतियार, फिल्ड आर्टिलरी र बीएम–२१ रकेट प्रणाली प्रयोग गर्दै निरन्तर बमबारी गरिरहेको छ,’ सेनाले वक्तव्य जारी गर्दै भनेको छ ।
हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास छ । यद्यपि, २०११ मा भएको झडपपछि दुवै देशबीच सम्बन्ध प्रायः स्थिर रहँदै आएको थियो ।
२०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो । तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












