सर्वोच्चको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस
काठमाडौं । आज (सोमबार) बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा विभिन्न व्यक्तिलाई सिफारिस गरेको छ । बैठकले न्याय सेवा आयोगको विशिष्ट श्रेणीको मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा सिफारिस गरेको हो । आइतबारदेखि रिक्त भएको मुख्य रजिष्ट्रार पदमा सिनियर रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा गएपछि सर्वोच्च अदालतका रजिष्ट्रार पौडेल मुख्य रजिष्ट्रारमा सिफारिस भएका हुन् । पौडेल रजिष्ट्रार पदमा नियुक्त भएको डेढ वर्षमै मुख्य रजिष्ट्रार नियुक्त हुन सफल भएका छन् ।
सर्वोच्चमा रहेका रजिष्ट्रार भद्रकाली पाखरेल र न्यायपरिषद्का सचिव यमबहादुर बुढा मगरभन्दा पौडेल करिब ६ महिना अगाडि रजिष्ट्रार पदमा नियुक्त भएका थिए । पौडेल २०८० पौष १८ गते सचिव भएका हुन् भने पोखरेल र बुढामगर २०८१ जेठ ११ गते सचिव भएका हुन् ।
मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस हुने समाचाचर न्यूज नेपालले ब्रेकिङ गरेको थियो ।
आइतबार बिहानै बसेको न्याय सेवा आयोगको बैठकले सहरजिष्ट्रार मानवहादुर कार्कीलाई रजिष्ट्रार पदमा सिफारिस गरेको छ । सर्वोच्च अदालतमा मानव संशाधन विकास तथा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका कार्कीलाई रजिष्ट्रारमा सिफारिस गरेको हो । रजिष्ट्रार विमल पौडेल मुख्य रजिष्ट्रार सिफारिस भएपछि रिक्त रहेको रजिष्ट्रार पदमा कार्की सिफारिस भएका हुन् । कार्कीभन्दा पछिका सहरजिष्ट्रार एक वर्षपछि मात्र रजिष्ट्रार भएका छन् । नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले साउन २ गतेदेखि राजनीमा दिएर रिक्त भएको पदमा सिनियर सहन्यायाधिवक्ता सुर्यराज दाहाल नायव महान्यायाधिवक्तामा सिफारिस भएका छन् । न्याय सेवा आयोगले सिफारिस गरेको नामलाई आगामी मन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्नेछ ।
को हुन् छैठौं मुख्य रजिष्ट्रारमा सिफारिस भएका पौडेल ?
आज बसेकाे न्याय सेवा आयोगको बैठकले विमल पौडेललाई मुख्य रजिष्ट्रार पदमा सिफारिस गरेकाे छ । २०३५ साल मंसिर ८ गते स्याङजामा जन्मिएका पौडेल ४५ वर्षमै रजिष्ट्रार पदमा पुग्न सफल भएका व्यक्ति हुन् । २०५९ चैत १८ गते अधिकृत भएका पौडेल करिव ७ वर्षमा उपसचिव पदमा पुग्न सफल भए् । उनी २०६६ साल जेठ २ गते उपसचिव भएका थिए । उपसचिव भएको करिव पाँच वर्षपछि २०७१ पुष १५ गते सहसचिव पदमा नियुक्त भए । यस्तै २०८० साल पुष १५ गते हालको पद रजिष्ट्रारमा नियुक्त भएका थिए । पौडेलले सुरुवातमा नेपालबाट २०५९ सालमा संवैधानिक कानुनमा एलएलएम गरे । यस्तै नेदरल्याण्ड्समा बिजीनेश स्टडिज ल मा एलएलएम अध्ययन गरे । त्यसपछि बेलायतमा ब्रिटिश चेभिनिङ स्कलरसिपमा उनले अर्को एलएलएम गरे । सर्वोच्च अदालतका सिनियर न्यायाधीश हरि फुयालले पनि पौडेलले जस्तै बेलायतमा चेभिनिङ स्कलरसिपमा एलएलएम गरेका छन् ।
फेरि करियरकै लागि पौडेलले अमेरिकामा एक वर्षे हुयुबर्ट हम्फ्रे फेलोसिफ गरे । संसदका महासचिव पदमप्रसाद पाण्डे, सर्वोच्च अदालतबाट रिटायर्ड भएका वरिष्ठम् न्यायाधीश आनन्दमोहन भट्टराईले पनि अमेरिकामा हुयुबर्ट हम्फ्रे फेलोसिफ गरेका छन् । मुख्य रजिष्ट्रारमा सिफारिस हुने पौडेलले नेपाललगायत विभिन्न देशमा कानुनी ज्ञान तथा सीपसम्बन्धी तालिमहरु लिएका छन् । उनले जापान, अष्ट्रेलिया, कोरियालगायतका देशमा सम्बन्धित विषयमा तालिम लिएका छन् ।
यस्तै पेशागत हिसावले सुरुमा उनले सरकारी वकिलको अधिकृतका रुपमा काम गरे । यसपछि उपसचिव पास गरेर अदालतमा प्रवेश गरेका थिए । शाखा अधिकृत पदमा हुँदा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय जुम्ला र काठमाडौंमा काम गरेका थिए । उपसचिव भएपछि सर्वोच्च अदालत, पुनरावेदन अदालत हेटौंडा, पुनरावेदन अदालत दिपायलमा काम गरेका छन् । त्यसपछि सहसचिव भएका उनले तत्कालीन पुनरावेदन अदालत हेटौंडा र पुनरावेदन अदालत पाटनमा पनि रजिष्टारका रुपमा काम गरेका छन् ।
यस्तै पौडेलसँग राष्ट्रिय न्यायिक प्रतिष्ठान एकेडेमिक संस्थाको रजिष्ट्रार, सर्वोच्च अदालतका सबै महाशाखा प्रमुखका रुपमा काम गरेको पनि अनुभव छ । पौडेलले मानव संसाधन विकास तथा प्रशासन महाशाखा, सर्वोच्चको प्रवक्ता तथा रिट महाशाखा, अनुगमन तथा निरीक्षण महाशाखालगायत सबै महाशाखामा काम गरेका छन् । पौडेल २०८० साल पुष २४ गते सचिव पदमा नियुक्त भएका थिए ।
को हुन् रजिष्ट्रारमा सिफारिस मानबहादुर कार्की ?
२०२६ साउन १८ गते मोरङमा जन्मिएका कार्की २०५२ पुष २६ गते अधिकृतका भएका थिए । करिब ११ वर्षपछि २०७३ कार्तिक ३ गते उपसचिव भए । यस्तै २०७१ माघ २९ गते सहसचिवमा नियुक्त भएका थिए । कार्की उच्च अदालत पाटनको रजिष्ट्रार भएर पनि काम गरेका छन् । इमान्दार तथा दक्ष सहरजिष्ट्रारका रुपमा उनलाई चिनिन्छ ।
याे पनि पढ्नुहाेस् :
आज न्याय सेवा आयोगको बैठक बस्दै, मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस हुने
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












