सर्वोच्चको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस
काठमाडौं । आज (सोमबार) बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा विभिन्न व्यक्तिलाई सिफारिस गरेको छ । बैठकले न्याय सेवा आयोगको विशिष्ट श्रेणीको मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा सिफारिस गरेको हो । आइतबारदेखि रिक्त भएको मुख्य रजिष्ट्रार पदमा सिनियर रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा गएपछि सर्वोच्च अदालतका रजिष्ट्रार पौडेल मुख्य रजिष्ट्रारमा सिफारिस भएका हुन् । पौडेल रजिष्ट्रार पदमा नियुक्त भएको डेढ वर्षमै मुख्य रजिष्ट्रार नियुक्त हुन सफल भएका छन् ।
सर्वोच्चमा रहेका रजिष्ट्रार भद्रकाली पाखरेल र न्यायपरिषद्का सचिव यमबहादुर बुढा मगरभन्दा पौडेल करिब ६ महिना अगाडि रजिष्ट्रार पदमा नियुक्त भएका थिए । पौडेल २०८० पौष १८ गते सचिव भएका हुन् भने पोखरेल र बुढामगर २०८१ जेठ ११ गते सचिव भएका हुन् ।
मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस हुने समाचाचर न्यूज नेपालले ब्रेकिङ गरेको थियो ।
आइतबार बिहानै बसेको न्याय सेवा आयोगको बैठकले सहरजिष्ट्रार मानवहादुर कार्कीलाई रजिष्ट्रार पदमा सिफारिस गरेको छ । सर्वोच्च अदालतमा मानव संशाधन विकास तथा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका कार्कीलाई रजिष्ट्रारमा सिफारिस गरेको हो । रजिष्ट्रार विमल पौडेल मुख्य रजिष्ट्रार सिफारिस भएपछि रिक्त रहेको रजिष्ट्रार पदमा कार्की सिफारिस भएका हुन् । कार्कीभन्दा पछिका सहरजिष्ट्रार एक वर्षपछि मात्र रजिष्ट्रार भएका छन् । नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले साउन २ गतेदेखि राजनीमा दिएर रिक्त भएको पदमा सिनियर सहन्यायाधिवक्ता सुर्यराज दाहाल नायव महान्यायाधिवक्तामा सिफारिस भएका छन् । न्याय सेवा आयोगले सिफारिस गरेको नामलाई आगामी मन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्नेछ ।
को हुन् छैठौं मुख्य रजिष्ट्रारमा सिफारिस भएका पौडेल ?
आज बसेकाे न्याय सेवा आयोगको बैठकले विमल पौडेललाई मुख्य रजिष्ट्रार पदमा सिफारिस गरेकाे छ । २०३५ साल मंसिर ८ गते स्याङजामा जन्मिएका पौडेल ४५ वर्षमै रजिष्ट्रार पदमा पुग्न सफल भएका व्यक्ति हुन् । २०५९ चैत १८ गते अधिकृत भएका पौडेल करिव ७ वर्षमा उपसचिव पदमा पुग्न सफल भए् । उनी २०६६ साल जेठ २ गते उपसचिव भएका थिए । उपसचिव भएको करिव पाँच वर्षपछि २०७१ पुष १५ गते सहसचिव पदमा नियुक्त भए । यस्तै २०८० साल पुष १५ गते हालको पद रजिष्ट्रारमा नियुक्त भएका थिए । पौडेलले सुरुवातमा नेपालबाट २०५९ सालमा संवैधानिक कानुनमा एलएलएम गरे । यस्तै नेदरल्याण्ड्समा बिजीनेश स्टडिज ल मा एलएलएम अध्ययन गरे । त्यसपछि बेलायतमा ब्रिटिश चेभिनिङ स्कलरसिपमा उनले अर्को एलएलएम गरे । सर्वोच्च अदालतका सिनियर न्यायाधीश हरि फुयालले पनि पौडेलले जस्तै बेलायतमा चेभिनिङ स्कलरसिपमा एलएलएम गरेका छन् ।
फेरि करियरकै लागि पौडेलले अमेरिकामा एक वर्षे हुयुबर्ट हम्फ्रे फेलोसिफ गरे । संसदका महासचिव पदमप्रसाद पाण्डे, सर्वोच्च अदालतबाट रिटायर्ड भएका वरिष्ठम् न्यायाधीश आनन्दमोहन भट्टराईले पनि अमेरिकामा हुयुबर्ट हम्फ्रे फेलोसिफ गरेका छन् । मुख्य रजिष्ट्रारमा सिफारिस हुने पौडेलले नेपाललगायत विभिन्न देशमा कानुनी ज्ञान तथा सीपसम्बन्धी तालिमहरु लिएका छन् । उनले जापान, अष्ट्रेलिया, कोरियालगायतका देशमा सम्बन्धित विषयमा तालिम लिएका छन् ।
यस्तै पेशागत हिसावले सुरुमा उनले सरकारी वकिलको अधिकृतका रुपमा काम गरे । यसपछि उपसचिव पास गरेर अदालतमा प्रवेश गरेका थिए । शाखा अधिकृत पदमा हुँदा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय जुम्ला र काठमाडौंमा काम गरेका थिए । उपसचिव भएपछि सर्वोच्च अदालत, पुनरावेदन अदालत हेटौंडा, पुनरावेदन अदालत दिपायलमा काम गरेका छन् । त्यसपछि सहसचिव भएका उनले तत्कालीन पुनरावेदन अदालत हेटौंडा र पुनरावेदन अदालत पाटनमा पनि रजिष्टारका रुपमा काम गरेका छन् ।
यस्तै पौडेलसँग राष्ट्रिय न्यायिक प्रतिष्ठान एकेडेमिक संस्थाको रजिष्ट्रार, सर्वोच्च अदालतका सबै महाशाखा प्रमुखका रुपमा काम गरेको पनि अनुभव छ । पौडेलले मानव संसाधन विकास तथा प्रशासन महाशाखा, सर्वोच्चको प्रवक्ता तथा रिट महाशाखा, अनुगमन तथा निरीक्षण महाशाखालगायत सबै महाशाखामा काम गरेका छन् । पौडेल २०८० साल पुष २४ गते सचिव पदमा नियुक्त भएका थिए ।
को हुन् रजिष्ट्रारमा सिफारिस मानबहादुर कार्की ?
२०२६ साउन १८ गते मोरङमा जन्मिएका कार्की २०५२ पुष २६ गते अधिकृतका भएका थिए । करिब ११ वर्षपछि २०७३ कार्तिक ३ गते उपसचिव भए । यस्तै २०७१ माघ २९ गते सहसचिवमा नियुक्त भएका थिए । कार्की उच्च अदालत पाटनको रजिष्ट्रार भएर पनि काम गरेका छन् । इमान्दार तथा दक्ष सहरजिष्ट्रारका रुपमा उनलाई चिनिन्छ ।
याे पनि पढ्नुहाेस् :
आज न्याय सेवा आयोगको बैठक बस्दै, मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस हुने
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











